कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकपः गोधुली फुटबल क्लब फाइनल प्रवेश
Phaktanglung Darpan
मंसिर १९ गते २०८१
5:56 pm
फक्ताङलुङ दर्पण
ताप्लेजुङमा जारी दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगितामा गोधुली फुटबल क्लब धरानले फाइनल यात्रा तय गरेको छ । बुधबार भएको सेमिफाइनल खेलमा तेह्रथुमको सम्दु फुटबल क्लबलाई प्यानल्टी सुटआउटमा ५–२ ले पराजित गर्दै गोधुलीले फाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित समयमा खेल ४–४ को बराबरीमा टुंगिएपछि प्यानल्टी सुटआउटमा निर्णय भएको थियो। बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापाको न्यू स्टार क्लब बिर्तामोड र इलामको रेड डेभिल्स माइजोगमाईबीच प्रतिस्पर्धा हुनेछ । शनिबार हुने फाइनलमा विजेताले ट्रफीसहित तीन लाख दुई हजार ८१ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले एक लाख ५१ हजार ८१ रुपियाँ नगद पुरस्कार पाउनेछ । प्रतियोगिता लिम्बू समुदायको साँस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पर्व) को अवसरमा चासोक तङ्नाम सञ्चालन समितिले आयोजना गरेको हो। समिति संयोजक चन्द्रकुमार थेबेका अनुसार खेलले समुदायबीचको सद्भाव र खेलकुदको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । …