चैत्र २८ गते २०८१
08:27: PM
चैत्र २८ गते २०८१
08:27: PM

कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपः सम्दु फुटबल क्लबको विजयी सुरुवात

मंसिर १५ गते २०८१
7:19 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा शनिबार सुरु भएको दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा तेह्रथुमको सम्दु फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।टाइब्रेकरमा आयोजक कञ्चनजंघा फुङलिङ क्लबलाई हराउँदै सम्दुले पहिलो चरण पार गरेको हो ।
खेलको शुरुवातमा आयोजकले अग्रता लिएको थियो । अनुप सेन्दाङको गोलमार्फत अग्रता लिएको कञ्चनजंघा क्लब सम्दुको दबाबमा प¥यो । सम्दुका सन्दीप लिम्बूले बराबरी गोल गर्दै खेललाई रोमाञ्चक मोडमा पु¥याउनु भएको थियो । तर, आयोजकले पुनः खेलको गति समात्दै पवन लिम्बूको गोलबाट २–१ को अग्रता बनाउनुभयो । सम्दुका सन्दीपले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई फेरि बराबरीमा ल्याउन सफल हुनुभयो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमार्फ सम्दु क्लबले विजेता हासिल गर्नुभयो । सम्दुका सन्दीप लिम्बू खेलका ‘म्यान अफ द म्याच’ घोषित हुनुभएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताको दोस्रो खेल आइतबार डाँगीहाट फुटबल क्लब, मोरङ र रेड डेभिल्स फुटबल क्लब, इलामबीच हुनेछ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले च्याब्रुङ बाजार सुरुवात गर्नुभएको थियो । मन्त्री हाङगामले खेलकुदले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । आयोजक चासोक तङनाम सञ्चालक समितिका अध्यक्ष चन्द्र थेबेले चासोक तङनाम पर्वको अवसरमा प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । च्याब्रुङ, लिम्बू समुदायको परम्परागत लोक बाजा, खेलकुद र संस्कृतिको समायोजनस्वरूप उद्घाटनमा प्रयोग गरिएको थियो । प्रतियोगिताका विजेताले तीन लाख दुई हजार ८१ रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै उपविजेताले एक लाख ५१ हजार ८१ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo