चैत्र २७ गते २०८१
07:22: PM
चैत्र २७ गते २०८१
07:22: PM

दोस्रो कञ्चनजंघा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको खेल तालिका सार्वजनिक

मंसिर ८ गते २०८१
5:56 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फुङलिङमा मंसिर १५ देखि २२ गतेसम्म हुने दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। चासोक तङ्नाम पर्वको अवसरमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कञ्चनजंघा फुङलिङ क्लबले तेह्रथुमको सन्दु फुटबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ।

खेल तालिका:

  • मंसिर १६: डाँगीहाट फुटबल क्लब मोरङ बनाम इलामको रेड डेभिल्स फुटबल क्लब।
  • मंसिर १७: गोधुली फुटबल क्लब धरान बनाम भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लब।
  • मंसिर १८: न्यू स्टार क्लब बिर्तामोड बनाम पाँचथरको फिदिम स्पोर्टिङ क्लब।

चासोक तङ्नाम सञ्चालन समितिका अध्यक्ष चन्द्रकुमार थेबेका अनुसार पहिलो चरणका खेलहरू सकिएपछि प्रतियोगिता क्रमशः सेमिफाइनल र फाइनल चरणतर्फ अघि बढ्नेछ।

पुरस्कार र सांस्कृतिक कार्यक्रम

समितिका कोषाध्यक्ष कुलदिप मादेनका अनुसार प्रतियोगिताका विजेताले रु. ३,०२,०८१ नगद र उपविजेताले रु. १,५१,०८१ नगद प्राप्त गर्नेछन्। चासोक तङ्नाम पर्वको अवसरमा फुटबलसँगै विविध सांस्कृतिक कार्यक्रम पनि हुनेछन्। सांगीतिक साँझमा शान्तिश्री परियार र झुमा लिम्बू लगायतका कलाकारहरू सहभागी हुनेछन्।

प्रतियोगिता र कार्यक्रम सम्पन्न गर्न करिब रु. ५४ लाख खर्च हुने अनुमान गरिएको छ।

आयोजक टोलीको खेलाडी सूची सार्वजनिक

प्रतियोगितामा आयोजक कञ्चनजंघा फुङलिङ क्लबले सहभागी खेलाडीहरूको सूची सार्वजनिक गरेको छ। क्लबका व्यवस्थापक प्रविन राईका अनुसार अनुप सेन्दाङले कप्तानी गर्नेछन्।

खेलाडी विवरण:

  • गोलरक्षक: सुहाङ लिम्बू।
  • फरवार्ड: मञ्जित एङदेन, जंगबहादुर गुरुङ, पवन लिम्बू, विवेक मादेन, पासाङ शेर्पा।
  • डिफेन्डर: प्रनिस गुरुङ, आशिष लिम्बू, सुनुयोजित लिम्बू, अर्जुन लिम्बू, सन्तोष गहतराज, ऋतिक चोङवाङ, प्रेम लिम्बू।
  • मिडफिल्डर: सबिन तामाङ, शिशिर राई, एलिन लिम्बू।

क्लबका प्रमुख प्रशिक्षक सन्तोष गुरुङ र गोलरक्षक प्रशिक्षक रविन श्रेष्ठ रहनेछन्। खेलमा जिल्ला भित्रका खेलाडीलाई मात्र समावेश गरिएको जनाइएको छ। सुहाङ लिम्बू, सन्तोष गहतराज, प्रनिस गुरुङ, एलिन लिम्बू, र ऋतिक चोङवाङले यस प्रतियोगितामार्फत सिनियर टिममा डेब्यु गर्नेछन्।

फुटबल र सांस्कृतिक कार्यक्रमले चासोक तङ्नाम पर्वको रौनक थप्ने अपेक्षा गरिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo