चैत्र २८ गते २०८१
08:24: PM
चैत्र २८ गते २०८१
08:24: PM

हृदयरोग निवारण प्रतिष्ठान ताप्लेजुङमा नयाँ समिति चयन

मंसिर ७ गते २०८१
5:25 pm
Author Avatar
फक्ताङलुङ दर्पण

नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ताप्लेजुङ शाखाले नयाँ नेतृत्व पाएको छ । जिल्लाको दोस्रो अधिवेशनले इन्द्रबहादुर गुरुङको सभापतित्वमा १७ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
गुरुङ नेतृत्वको टोलीमा उपसभापतिहरू अनन्तमणि भट्टराई र खिनुमाया इजम, सचिव कमलप्रसाद भट्टराई, सहसचिव कल्पना गुरुङ, कोषाध्यक्ष निरोज श्रेष्ठ, र उपकोषाध्यक्ष दुर्गादेवी गौतम छन् । अन्य सदस्यहरूमा सुवास आचार्य, खड्गविक्रम सुवेदी, विवेक बानिया, किशोर अधिकारी, र नरेन्द्र अधिकारी छन् । मनोनित सदस्यमा शुन्दरमोहन शाक्य, माला पालुङ्वा, र यीगेन्द्रकुमार गुरुङ चयन भएका छन्।
अधिवेशन उद्घाटन कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोले गर्नुभएको थियो । उहाँले स्वास्थ्य सेवामा सामुदायिक सहभागिताको महत्त्व र यस संस्थाले हृदयरोग निवारणका लागि खेल्ने भूमिकाको प्रशंसा गर्नुभयो । कार्यक्रममा पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
ताप्लेजुङजस्तो दुर्गम जिल्लामा हृदयरोगजस्ता चुनौतीपूर्ण स्वास्थ्य समस्याहरू समाधान गर्न स्थानीय नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्न सभापति गुरुङङले बताउनुभयो । नयाँ समितिबाट स्थानीय स्तरमा हृदयसम्बन्धी स्वास्थ्य जनचेतना अभिवृद्धि, निवारणका कार्यक्रमहरू सञ्चालन, र उपचार सेवामा पहुँच पु¥याउने योजना रहेको गुरुङले बताउनुभयो ।
जिल्ला अस्ताल ताप्लेजुङका डक्टर ओम प्रकाश थापा मगरका अनुसार हृदयरोग, जसलाई मुटुसम्बन्धी रोगहरू पनि भनिन्छ । आजको युगमा विश्वव्यापी रूपमा मृत्युको मुख्य कारण बनिरहेको छ । हृदयको स्वास्थ्यमा असर पु¥याउने समस्या, जस्तै उच्च रक्तचाप, कोलेस्टेरोलको असन्तुलन, रक्तसञ्चारमा अवरोध, र हृदयाघात जस्ता अवस्थाहरू हृदयरोगको प्रमुख कारण भएको बताउनुभयो ।
अनियमित जीवनशैली, अस्वस्थ खानपान, शारीरिक सक्रियताको कमी, धूम्रपान, मद्यपान, तथा दीर्घ तनाव हृदयरोगका सामान्य कारण भएको मगरले बताउनुभयो । ….

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo