ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा आजदेखि (सोमबार) ४ दिने निशुल्क दन्त तथा मुख स्वास्थ्य शिविर सुरु हँदैछ। फक्ताङलुङ गाउँपालिका, हेल्थ केयर नेपाल, र सगरमाथा हेल्थ फाउन्डेसनको संयुक्त आयोजनामा हुन लागेको यो शिविर दन्त बिशेषज्ञद्वारा सञ्चालित हुनेछ।
गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० का अनुसार, शिविरमा दाँत सफा गर्ने, किराले खाएको भागमा भराइ गर्ने, बाङ्गो(टिङ्गो दाँतलाई सुधार्ने, तथा किरा लागेको वा दुखेको दाँत उखेल्ने उपचार निशुल्क उपलब्ध हुनेछ। साथै, आवश्यक औषधि पनि वितरण गरिनेछ।
शिविर कात्तिक २६ देखि २९ गतेसम्म बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तापेथोक आधारभूत अस्पतालमा हुनेछ। गाउँपालिकाका अध्यक्ष लिम्बूले जिल्लाका साथै छिमेकी जिल्लाका बिरामीहरूले पनि यो अवसरको लाभ उठाउन सक्ने जानकारी गराएका छन्।
यो शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दै दाँत तथा मुख स्वास्थ्यको सुधारमा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
