ज्ञानु फुरुम्बो(चरपे)/युके
आदिवासी मुलबासी तामाङ, मगर समुदायको आन्दोलनमाथी भएको दमनको बिषयमा लिम्बुवान नागरिक समाज युकेद्धारा बिज्ञप्ती जारी गरेको छ । राज्यले आदिवासी तामाङ,मंगर समुदायको आन्दोलनमा गरेको दमनको निन्दा गर्दै अमानवीय हर्कत भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
लिम्बुवान नागरिक समाज युकेले प्रेस वक्तव्य जारी गर्दै आदिवासी तामाङ र मगरहरु माथी अधिवक्ता भगवती पाण्डेको अभिव्यक्तिले समुदायको आत्मसम्मान साँस्कृतिक मूल्य, मान्यतामा आघात पुगेको जनाएका छन् । न्यायका लागि गत साउन १७ र २२ गते भएको प्रदर्शनीमा निर्मम दमन गर्ने, अभियन्ताहरूलाई पक्राउ गर्ने, हिरासतमा यातना दिने, महिलाहरूमाथि दुर्व्यवहार गर्ने यस्ता अमानविय कार्य समेत भएकोले यसले तामाङ र मंगर माथी मात्र होईन सिङगो आदिवासी मुलबासीहरु माथी नै दमन भएको बताएका छन ।
मगर, तामाङ र मुस्लिम समुदायको आन्दोलनमा भएको दमनलाई अलोकतान्त्रिक र अमानवीय कामको संज्ञा दिएको छ । लिम्बुवान नागरिक समाजका अध्यक्ष छत्र वनेम र सचिव लाहाङ चेम्जोङले विज्ञप्ति जारी गर्दै आन्दोलनरत समुदायको माग तत्काल सम्बोधन गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । आन्दोलनकारीहरूको मागलाई पूरा गरि न्याय दिएर आत्मा सम्मा गर्नु पर्नेमा उल्टै आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिएर लोकतन्त्र र मानवअधिकारको खिलापमा उल्लेख गरि विज्ञातीमा उल्लेख गरिएको छ ।
गत साउन ७ गते प्राइभ टेलिभिजनमा एक कार्यक्रममा अधिवक्ता पाण्डेले आदिवासी तामा, मगर र अन्य सिमान्तकृत समुदायको वैवाहिक संस्कारविरुद्ध अभिव्यक्ति दिएका थिए । जसले सम्बन्धित समुदायहरूलाई आन्दोलित बनाएपछि उजुरी दिएका थिए । उजुरी दिएपनि प्रहरीले पक्राउ नगरेपछि आन्दोलनकारीहरू साउन १७ गते टेकु प्रहरी परिसरअघि विरोध प्रदर्शनमा उत्रँदा व्यापक दमन भएको थियोे । जुन कार्यको धेरै क्षेत्रबाट विरोध भएको थियोे ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
