ताप्लेजुङको उच्च स्थान रहेको याङमा गाउँका नागरिकले पहिलो पटक सरकार अनुभुती गरेका छन् । यस क्षेत्रमा विकासका पूर्वधारहरु कुनैको पहँज नपुगेको गाउँमा प्राथामिक स्वास्थ्य एकाई, बालशिक्षा र पशु सेवा केन्द्र स्थापना भएसंगै स्थानीय सरकारको अनुभुती गर्न थालेका हुन । समुद्र समत देखि चार हजार २०० मिटर उचाइमा रहेको याङमा गाउँमा विगतमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ देखि तीन देखि चार दिनमा यात्रा गरे पछि याङमा पुग्ने गाउँमा शिक्षा स्वास्थ्य, सञ्चार तथा यातायताको पहुँज पुगेको थिएन । याङमा गाउँ पुग्ने जो कोही ढुङ्गे युग अनुभुती गरेर फर्कने गर्दछन् । मोवाईल टावरको पहुँज छैन । कुनै फोन लाग्दैन, पत्रपत्रिका अनलाई सामाजिक सञ्जालको त कुरौ छोडौ टिभी रेडियो समेत टिप्दैन । उच्च हिमाली क्षेत्र भएकाले अन्न बाली हुदैन । यहाँ आलु खेती बाहेक अन्य बाली हुदैन । यहाँका समुदायको मुख्य पेशा चौंरी याक गोठ हो । यहाँको याक चीनमा बिक्री हुन्छन् । तर कोभिड—१९ का कारणले नाका बन्द भएको अहिले सम्म खुल्ला हुन नसक्दा गोठमा चौंरी याक बिक्री गर्न सकेका छैन् याङमा गाउँमा मतदान गराउँन निर्वाचनको समयबाहेक सरकारी निकायका प्रतिनिधिहरु याङमा गाउँमा खासै पुग्दैन । त्यसैले याङमा गाउँ उपेक्षामा परेको हो । गत दशैंको समयमा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूको नेतृत्वमा गाउँपालिका जनप्रतिनिधिहरु याङमा गाउँ पुग्नुभएको थियो । याङमा गाउँमा गत दशैको समयमा गाउँपालिका अध्यक्षको नेतृत्वको भ्रमण नै अहिले सम्मको उच्च स्तरीय भ्रमण भएको स्थानीयको भनाइ छ । याङमा गाउँमा जनप्रतिनिहरु पुगेको समयमा स्थानीयहबासीहरुले स्थानीय सरकार प्रमुख समक्ष पहिलो पटक आफ्नो माग राखेका थिए । सञ्चार,शिक्षा,स्वास्थ्य तथा विद्युत लगायका माग राखेका थिए । स्थानीयको माग मध्यनजर गरेर गाउँपालिकाले गत साता याङमा गाउँमा स्वास्थ्य एकाई, बालशिक्षा र पशु सेवा केन्द्र स्थापना गरेको छ । याङमा गाउँमा विगतमा याङमा आधारभुत विद्यलय संञ्चालनमा थियो । विद्यार्थी नै नभए पछि २०७५ मा ओलाङचुङगोला रहेको विद्यालयमा मर्ज गरिएको फक्ताङलुङ गाउँपालिका—७ का वडा अध्यक्ष छेतेन लामाले बताउनुभयो । स्वास्थ्य एकाई र पशु सेवा भने पहिलो पटक याङमा गाउँमा स्थापना भएको लामाले बताउनुभयो । पुस्तौ देखि याङमा गाउँका नागरिक दुख बिराम हुँदा बनजंगलमा रहेको जडिबुडी मै भरपर्दै आएका थिए । तर गत साता यस क्षेत्रमा स्वास्थ्य एकाई स्थापना भएसंगै स्वास्थ्य क्षेत्रमा ठुलो राहत पुगेको स्थानी बताउँछन् । यहाँको मुख्य पेशा पशु पालन(चौंरी याक) हो । गाउँमा पशु प्रविधिक नहुँदा ठुलो क्षति बेहोर्दै आएको थियो । विभिन्न प्रकारका रोग साथै वन्यजन्तुहरुबाट आक्रमणले घाइते पशुहरु उचित उपाचार नभए पछि किसानको ठुलो क्षति हुने गरेको थियो । विभिन्न कारणले यहाँका किसानले क्षति बेहोर्नु पर्ने देखिए पछि कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पशुधन बिमा कार्यक्रम मार्फत यहाँका चौंरी याकहरुको बिमा कार्यक्रम समेत सञ्चालन गरेको छ । सञ्चार सेवाको पहुँचबाट समेत टाढा रहेको यस क्षेत्रका बासिन्दाले स्वास्थ्य एकाई नहुँदा प्राथमिक उपचारका लागि समेत एक दिनको पैदल यात्रा गरेर ओलाङचुङगोला पुग्नु पथ्र्यो । अब भने त्यो बाध्यात्मक स्थिति हटेको छ । १० घर मात्रै रहेकोले याङ्मामा यस अघि विद्यालय रहेको भने तापनि बसाइँसराइले पठनपाठन भने बन्दको अवस्था रहेकोमा त्यहाँका बालबालिकाले पढाईबाट बञ्चित भएकाले बालबालिकाले पढाईबाट बञ्चित हुनु नपरोस् भनेर प्रारम्भिक बाल शिक्षा केन्द्र स्थापना गरिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । गाउँपालिकाको केन्द्र तापेथोकबाट यो बस्तीमा पुग्न पुरै दुई दिन र वडा कार्यालय रहेको ओलाङ्चुङगोलाबाट एकदिन पैदल हिँड्नु पर्छ । यहाँ नियमित सञ्चार सम्पर्क हुँदैन । सञ्चार सम्पर्कका लागि पाँच घण्टा हिँडेर डाँडामा जानुपर्ने वडाध्यक्ष छेतेन बताउनुभयो । त्यो पनि मौषमले साथ दिएमात्रै फोन लाग्छ । सञ्चार सुविधाका लागि ओलाङचुङगोलामा ‘फोरजी’ राख्ने र यहाँको टुजीको टावर याङ्मा लैजाने गरी नेपाल टेलिकमसँग सम्झौता भएको गाउँपालिपाकाले जनाएको छ ।…