लिम्बू समुदायले आज ताप्लेजुङ लगायता पूर्वमा बसोबास गर्ने लिम्बूहरुले कक्फेक्वा तङ्नाम मनाउँन थालेका छन् । लिम्बू जातिहरुले माघे संक्रान्तिलाई कक्फेक्वा तङ्नाम भनेर आप्mनो परम्बरगत विधिबाट पर्व मनाउँने गर्दछन् । लिम्बू भाषामा “कक्”अर्थ “फेकवा” चाँप फुल्नु र “तङ्नाम”को अर्थ पर्व हो । लिम्बू जातिहरुले कक्फेकवा तङनाम (माघे संक्रान्ती) पर्वको रुपमा आज धूमधामका मनाइरहेका छन् । त्यसैगरी आजबाट लिम्बुहरुको नयाँ बर्ष समेत प्रारम्भ भएको छ । किराती जातीहरु राई, लिम्बु, याक्खा, सुनवारलगायतका जातजातिले विशेष गरेर धूमधामका साथ मनाउने यो चार्ड तङनाममा वन तरुल, घर तरुल, सखरखण्ड लगायत तरुल जन्य विभिन्न प्रकारका खानेकुरा बनाएर खाने चलन रहेको रहेको मिक्वाखोला गाउँपालिकाका रद्रकुमार लिवाङले बताउनुयो । आदिम काल देखि नै बन तरुललाई विशेष खाने प्रचलन रहेको उहाँले बताउनुभयो । किरातीहरुको मुन्धुमसँग जोडिएको यो तङनाममा अन्नवाली नहुँदा यही वन तरुल सेवन गरी प्राण रक्षा गरेको भन्ने लि किवंदन्ती रहेको पाइन्छ । आजबाट येले तङ्बे (दोङ) ५०८४ शुरु भएको लिम्बूको साझँ संस्था याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताउनुभयो । आज विहान मक्कर नुहाएर बन तरुलको टिका लगाएर तङनामको शुभारम्भ किरात जातीहरुले गर्ने परम्परा रहेको छ ।