असार ३० गते २०८२
12:24: AM
असार ३० गते २०८२
12:24: AM

माघे संक्रान्ति नजिकिएसंगै तरुलको माग बढ्दो

पौष २८ गते २०८०
7:46 pm
Author Avatar
फक्ताङलुङ दर्पण

माघे संक्रान्ति नजिकिदै गर्दा बजारमा यतिबेला जताततै तरुल मात्र देख्न सकिन्छ । विशेष गरी माघेसंक्रातीका दिन माघ १ तरुल खाने प्रचलन रहेकाले बजारमा तरुल किन्ने उपभोक्ताको भिड देख्न सकिन्छ ।


माघे सक्रान्तिको लागि ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा तरुल किन बेच सुरुभएको छ । किसानहरुले संक्रान्तिको समय पर्वलाई लक्षित गरेर भिन्न प्रकारका तरुले खेती गर्दै आएका छन् । माघे संक्रान्तिको समय किसानको तरुल विक्री गर्ने मुख्य समय हो । यस समय विविन्न गाउँ गाउँबाट समेत तरुल बिक्री गर्न सदरमुकाम ल्याउँने र बिक्री गर्ने गरेको छ ।

किसानहरुले यस समयमा राम्रो आम्दानी समेत गर्दै आएका छन् । माघे संक्रिन्ति पर्वलाई तरुल खाएर मनाउँने प्रम्परा रहिआएको छ ।
माघे संक्रान्तिको आगमन नजिकिएसंगै उपत्यकाको तरकारी बजारमा उपभोक्ताको चहलपहल पनि बढ्दो छ । विशेषगरी संक्रान्तिको समयमा तरुल, पिडालु, सखरखण्ड जस्ता कन्दमुल खाईने परम्परा अनुसार यतिबेला बजारमा विभिन्न किसिमका तरुलको माग बढेको छ । माघेसंक्रातीका लागि बजारमा तरुल किन्ने उपभोक्ताहरुको भिड पनि त्यतिकै छ ।


बजारमा यतिबेला घरतरुल वनतरुल, सिमलतरुल, आकासे तरुल, पाताले तरुल, हातीपाईले, पिडालु, संक्करखण्ड, ईस्कुसका जरा लगायत विभिन्न किसिमका तरुलहरु विक्रिमा राखिएका छन् ।

तरुल केजीको १०० देखी ३५० रुपैया सम्ममा विक्रि भईरहेको छ । माघे संक्रातीमा तरुलको खपत बढी हुने भएकाले माग अनुसार पुर्याउन गाह्रो भएको ब्यबसायी बताउँछन् । नेपाली परम्परा अनुसार विभिन्न किसिमका कन्दमुल पुषमा पकाएर माघे संक्रातीका दिन घिउचाकु र तरुल खाने परम्परा रहि आएको छ । यतिबेला बजारमा ब्यापारीहरुलाई तरुल विक्रि गर्न भ्याईनभ्याई छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo