असार ३० गते २०८२
12:16: AM
असार ३० गते २०८२
12:16: AM

उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै मनाइयो व्याबसन दिवस

पौष २४ गते २०८०
2:13 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याबसन)को ३३ औं स्थापना दिवसका अवसरमा विद्यार्थी र शिक्षकलाई सम्मान गरिएको छ । स्थापना दिवसका अवसरमा प्याबसन ताप्लेजुङले उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरेको हो ।
२०७९ को विद्यालय शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नजिता ३.८ जीपीए ल्याउने विद्यार्थी युना गुरुङलाई सम्मान गरिएको छ । निजी विद्यालयतर्फ फुङ्लिङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कूलबाट एसईईमा सहभागी भई सर्बोत्कृष्ट नतिजा ल्याउन सफल गुरुङलाई नगदसहित सम्मान गरिएको हो । यस्तै शिक्षकहरुमा जानुका सुनुवार ताप्लेजुङ सिद्धार्थ एकेडेमी, रीचा मेन्याङ्बो कञ्चनजङ्घा बोर्डिङ स्कूल, करिस्मा लिम्बू तामाङ मेची सेन्टम्यारिज बोर्डिङ स्कूल र ताप्लेजुङ बुद्ध बोर्डिङ स्कूलकी शिक्षक कुमारी गुरुङ सम्मानित हुनुभएको छ । विद्यार्थी, शिक्षक साथै निजी विद्यालयका लगानीकर्ता समेतलाई नगद र प्रमाणपत्रद्वारा गरिएको प्याबसन ताप्लेजुङका सचिव तरुण भारतीले बताउनुभयो ।
सम्मानित विद्यार्थी, शिक्षक तथा लगानीकर्ता (फाउण्डर)लाई प्रतिनिधिसभाका सदस्य तथा पूर्व पर्यटनमन्त्री योगेशकुमार भट्टराई र फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले नगद, कदरपत्र र दोसल्लाले सम्मान गर्नुभएको हो । कार्यक्रममा पूर्वमन्त्री भट्टराई, नगर प्रमुख मादेन, राजनीतिक दल, विभिन्न शैक्षिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिले शुभकामना दिनुभएको थियो ।
शुभकामना मन्तव्यका क्रममा वक्ताहरुले निजी विद्यालयले शैक्षिक क्षेत्रमा खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo