असार ३० गते २०८२
11:58: PM
असार ३० गते २०८२
11:58: PM

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै, यु डब्लु एस

पौष २२ गते २०८०
7:39 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ/ युनाईटेड वर्ल्ड स्कुल नेपाल (यु डब्लु एस)ले ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको गुणस्त सुधार गर्ने भएको छ । ताप्लेजुङ सहित तीन जिल्लको ग्रामिण क्षेत्रका विद्यालयहरुको गुस्तर सुधार गर्दै आएको हो ।
ताप्लेजुङमा विगत दुई वर्ष देखि तीन वटा स्थानीय तहमा कायक्षेत्र बनाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने काम गर्दै आएको युडब्लुएसले जनाएको छ । ताप्लेजुङमा अहिले सम्ममा पाँच वटा समुदायिक विद्यालयहरुको भवन निर्माण गरि सक्नुभएको छ । अवको तीन वर्षमा ताप्लेजुङमा १५ वटा समुदायिक विद्यालयहरुको सुविधा सम्पन्न् भवन निमार्ण गर्ने योजना रहेको युडब्लुएस नेपालका अध्यक्ष खेमराज खड्काले बताउनुभयो ।
त्यस्तै युनाईटेड वर्ल्ड स्कुल(युडब्लुएस)नेपालले आगामी पाँचबर्ष भित्र ताप्लेजुङ,संखुवासभा र गुल्मी जिल्लामा ९० वटा सामुदायिक विद्यालयको भवन निर्माण गर्ने संस्थाले जनाएको छ । युडब्लुएसले भवनको निर्माणसँगै आधुनिक प्रविधिमैत्री सिकाई विधि विकास गर्ने खड्काले बताउनुभयो । सामान्यतया ११ कोठे भवन निर्माणका लागि अधिकतम ७० दिन लाग्ने गरेको संस्थाले जनाएको छ । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय भवन,आकर्षक कक्षा कोठा,प्रविधि सहितको सिकाई,खेलकुद सामाग्री सहितको जनशक्ति र विद्यार्थी सहयोग कार्यक्रमलाई एकसाथ प्रयोगमा आउने संस्थाले जनाएको छ ।
ग्रामीण,दुर्गम,पछाडि पारिएका र सीमान्तकृत बालबालिकालाई गुणस्तरीय तथा प्रभावकारी शैक्षिक पहुँचमा ल्याउन संस्थाले अभियान अघि बढाए हो । युडब्लुएस नेपालले तीन जिल्लाका ७६ वटा विद्यालयमा ५०९ वटा कक्षा कोठा निर्माण गरिसकेको जनाएको छ । जस अनुसार संखुवासभामा ५३,गुल्मीमा १८ र ताप्लेजुङमा ५ वटा विद्यालय निर्माण भएका छन् ।
अभियानबाट तीन जिल्लाका १३ हजार ९२८ बालबालिका लाभान्वित भएको संस्थाले दावी गरेको छ । ग्रामिण क्षेत्रमा गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि काम गर्नु संस्थाको प्रमुख उद्देश्य रहेको संस्थाका कार्यक्रम प्रबन्धक अविनाश झाले बताउभयो । बालबालिकाका लागि सुरक्षित कक्षाकोठाको निर्माण र अध्ययनका लागि उहाँहरूलाई उत्प्रेरित गर्न सबै खाले आधुनिक सुविधा तथा प्रविधियुक्त पूर्वाधारको विकास र व्यवस्थापन गर्ने झाले बताउनुभयो ।
संस्थाले सहकार्य गरेको विद्यालयमा गुणस्तरीय शिक्षाका लागि आवश्यकताको आधारमा निर्धारित पाठ्यक्रम र विश्वसनीय शिक्षण विधिको प्रयोग गरिने भएको छ । कक्षा कोठामा प्रयोगात्मक,उच्चतम,नवीन र सृजनात्मक शिक्षण विधि कार्यान्वयन गर्ने,कक्षाको दैनिक सूचीको तयारी,विद्यार्थीको कक्षा छाड्ने दर घटाउन मोबाइल एप्लीकेशनको प्रयोग र पढाई निरन्तरताका लागि विद्यार्थी तथा अभिभावकलाई प्रोत्साहित गर्ने कार्यक्रम समेत संस्थाले प्रयोगमा ल्याउने छ। युकेएडको सहयोगमा आगामी ५ वर्ष सम्म यो कार्यक्रम निरन्तर कार्यान्वयनमा ल्याउने सो अवधि भित्रमा साझेदार दातृ निकाय सँगको समन्वयमा कार्यक्षेत्र बिस्तार सहितका योजना अघि बढाउने युडब्लुएसले जनाएको छ । यु डब्लु एसको कार्यक्रम राम्रो रहेको फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर बताउनुभयो । आगामी दिनमा नगरपालिकासंग साझेदारमा विद्यालयहरुको गुणस्त सुधार तथा भवन निर्माण गर्ने मादेनले बताउनुभयो ।
गुणस्तरीय सिकाईका लागि रचनात्मक कक्षाकोठा,आधारभूत शैक्षिक उपकरण,आवश्यकता बमोजिम शिक्षक व्यवस्थापनमा सहयोग र शिक्षण फेलोसिप कार्यक्रममार्फत दक्ष तथा प्रशिक्षित जनशक्तिको तयार गर्न संस्थाले सहकार्य गर्ने संस्थाले जनाएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo