पाथीभरामा चढाएको ९८ तोला सुन र ९२ किलो चाँदीको प्रशोधन प्रक्रिया शुरु
Phaktanglung Darpan
पौष २१ गते २०८०
7:28 am
फक्ताङलुङ दर्पण
ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथिभरा(मुक्कुमलुङ) चढाएको सुन तथा चाँदीलाई प्रशोधन गर्न (गाल्न) सुरु गरेको छ । पाथिभरा क्षेत्र विकास समितिले ९८ तोला सुन र ९२ किलो चाँदी प्रशोधन गर्न थालिएको हो ।
पाथीभरा क्षेत्र विकास समितिकिा कार्यालयमा शुक्रबार देखि प्रशोधन गर्न सुरुभएको सुन र चाँदी सोमबार सम्म समय लाग्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएकाने छ । सुन भने आज रिफाइन(प्रशोधन) गर्न सक्ने र चाँदीको रिफाइन गर्न सुरु हुने समितिले जनाएको छ ।
पाथीभरा क्षेत्र समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार ९८ तोला ४१ लाल सुन तथा ९२ किलो ६ सय ५० ग्राम चाँदी रिफाइन गर्न थालिएको हो । ८६ तोला ९० लाल सुन रिफाइन गरिएको अवस्थामा रहेको समितिले जनाएको छ । पाथिभरा सुन चाँदी कला व्यवसायी संघको संयोजनामा स्थानीय सुनचाँदी व्यवसायीमार्फत सुन तथा चाँदीलाई रिफाइन गर्न थालिएको निर्देशक हाङवाङले बताउनुभयो । समितिका अध्यक्ष रक्की थेबेले रिफाइन गरिएका सुन चाँदीलाई समितिको निर्णयअनुसार प्रचलित दरमा बिक्रीका लागि प्रक्रिया अघि बढाउँने योजना रहेको छ । समितिले शम्भुप्रसाद गौतमको संयोजकत्वमा सुन चाँदी व्यवस्थापन उपसमिति गठन गरेको छ । संकलित सुन चाँदी समितिले प्रहरीको रोहबरमा लकरमा राख्ने र सरोकारवालाको उपस्थितिमा रिफाइन गर्ने गर्दै आएको छ ।…