असार ३० गते २०८२
11:44: PM
असार ३० गते २०८२
11:44: PM

ताप्लेजुङका व्यवसायीद्वारा आन्दोलनको घोषणा

पौष २० गते २०८०
7:11 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ ः ताप्लेजुङका उद्योगी व्यवसायीले प्रहरी नियन्त्रणमा रहेका सहकर्मी व्यवसायीको रिहाइको माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । प्रहरी हिरासतमा रहनुभएका सदरमुकाम फुङ्लिङका व्यवसायी भद्रवीर रेग्मीको रिहाइको माग गर्दै उद्योग–व्यवसायीले शनिबारदेखि आन्दोलनको घोषणा गरेका हुन् ।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग तथा व्यवसायी महासङ्घले शुक्रबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गर्दै बजार, पसल र यातायात बन्दसहित आन्दोलनको घोषणा गरेका हुन् । सामान्य घटनामा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष दावा शेर्पाका अनुसार पक्राउ परेका व्यवसायी रेग्मीलाई एकसाता बित्दासमेत रिहाइ नगरिएकाले आन्दोलित बन्न बाध्य भएको बताएको छ । शनिबार(भोली)देखि बजार, पसल र यातायात बन्दको घोषणा गरिएको उद्योग वाणिज्य संघले निकाले विज्ञप्तिमा उल्लेख गरिएको छ । वाणिज्य सङ्घ र व्यवसायी महासङ्घले रेग्मीलाई विनाशर्त रिहाइ नगरे चरणबद्ध आन्दोलनमा उत्रनेसमेत विज्ञप्तिमार्फत चेतावनी दिएका छन् । यता व्यवसायी रेग्मीलाई पक्राउ गरेपछि व्यावसायिक नेतृत्व तथा उद्योग वाणिज्य सङ्घले पटक–पटक घटनाका विषयमा समन्वय र सहजीकरण गर्न खोज्दा समेत प्रहरी नेतृत्वले बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सामान्य घटनालाई आपसी सहमतिको माध्यमबाट समाधान खोज्नुपर्नेमा जिल्लास्थित प्रहरी नेतृत्वले समझदारीको वातावरण बिगार्न र षड्यन्त्र गर्न खोजिएको आरोपसमेत व्यवसायीले लगाएका छन् । छिमेकीसँग भएको विवाद विषयलाई लिएर गत साताको बिहीबार रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो । रेग्मी फुङ्लिङ बजारका सक्रिय व्यवसायी हुनुहुन्छ भने ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका सदस्य तथा अलैँची व्यवसायी संघकाा जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo