वैशाख ५ गते २०८२
10:23: PM
वैशाख ५ गते २०८२
10:23: PM

ताप्लेजुङमा खेलकुद क्रेज बढ्दो, छैन भौतिक संरचना

पौष १ गते २०८०
8:39 am
Author Avatar
फक्ताङलुङ दर्पण

-देबेन्द्र बानिया/ताप्लेजुङ
ताप्लेजुङमा पछिलो समय खेलकुद गतिविधि बढदै गएका छन् । तर आवश्यक खेलकुद गतिविधि गर्नका लागि आवश्यक भौतिक संरचना बन्न सकेको छैन ।
जिल्लाको सदरमुकाम फुङ्लिङ स्थित भानुजन माध्यकिम विद्यालयको खेल मैदानमा केहि खेल गतिविधिहरु संञ्चालन हुदैआएको छ । गत भदौ दोस्रो साता देखि प्रथम ताप्लेजुङ गोल कप सम्पन् भएको थियो । गत शुक्रबार मात्र तेस्रो संस्करणको सिरिजङ्गा गोल कप सम्पन्न भएको छ । फुटबल प्रेमिका लागि पूर्ण एक पटक ताप्लेजुङमा प्रथम कञ्चनजंघा सेसेलुङ गोल कप २०८० सञ्चालन हुदै छ। गोल कप सधैं फुङलिङमा सञ्चालनमा आएका होटल , किराना स्टोर ,साना व्यापारीहरुलाई राहत महसूस हुँदा जिल्लामा पछिलो समय खेलकुद गतिविधि बढदै जाँदा खेल सञ्चालन गर्नका लागि एउटा पनि भौतिक संरचना तथा खेल मैदान नहुँदा खेल सञ्चालन गर्न समस्या रहेको स्थानिय कुमार लिम्बूको भनाइरहेको छ ।
गत भदौ दोस्रो साता ताप्लेजुङ गोल कप सञ्चालन गर्दै गर्दा खेलाडीलाई अभ्यासका लागि प्रयाप्त पूर्वधार आवश्यक पुर्वधार सहितका खेल मैदान नभएको खेलाडीहरु बताउँछन् । ताप्लेजुङ खेलाडी उत्पादन गर्न सक्ने जिल्ला भए पनि खेलकुद पूर्वधार निर्माणमा नहुदा सम्भावना बोकेको खेलकुद क्षेत्र र खेलाडीमा निराशा छाएको छ ।
एक साता पछि सुरु हुने प्रथम कञ्चनजंघा सेसेलुङ गोल कपमा समेत खेल सञ्चालन र जिल्लामा ठूलो खेल सञ्चालन गर्न एक मात्र मैदान हो भानु जन माध्यमिक विद्यालयको खेल मैदान, विद्यालयले केही समय पछि विद्यालयको प्राङ्गर भित्री घेरा बार लगाएकाले खेल हेर्न गएका दर्शकलाई खेल मैदानमा प्रवेश गर्नु नै आयोजकलाई धौ धौ देखिदै आएको छ । आज भोलि गाउँ घरको काम सकेर प्रायः मानिस फर्सुद भएका छन् तर १० हजार दर्शक क्षमताका अस्थायी संरचना निर्माण हुन नसक्दा हजारौं खेल प्रेमीको लागि नुन बिनाको तरकारी जस्तै भएको पाथीभरा याङवरक तिरिङेका नवीन सुब्बा बताउँछन् ।
ताप्लेजुङ जिल्लाको प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले जिल्लाका खेलकुद गतिविधि बढदै जाँदा दुई पटक निर्वाचित हुँदा समेत जिल्लाको खेल मैदान भद्रगोल अवस्थामा रहँदा समेत खासै ध्यान दिएको देखिदैन । अझ निर्माणधीन अवस्थमा रहेको रङ्गशालहरु समेत अहिले बेवारिसे अवस्थामा छन् ।
अझ प्रदेश सदस्य तिल कुमार मेन्याङ्बो ,निर्मला लिम्बू ,खगेन सिंह लिम्बू , उर्मिला थेबे ,लिला देबी लिम्बू रहेका छन् । प्रतिनिधि सभामा तीन र प्रदेश सभामा तीन गरी ६ जना सांसद पाएको ताप्लेजुङले खेलकुद क्षेत्रमा संसद खुलेर लागेको देखिँदैन । तर पार्टीको कायक्रममा संसदहरु लाखौं रूपयाँ खर्च गरेर पनि एउटा रिभिन काट्नको लागि काठमाडौं देखि सिधै ताप्लेजुङ आउने गरेका संसद्को नजर खेल मैदान र खेलकुद गतिविधि संरचना निर्माणमा भने बेखबर जस्तै देखिन्छन् । जिल्लामा बढदै गएको खेलकुद लाई अझ सहज बनाउन जिल्लामा निर्माण भइरहेको खेल मैदानहरुलाई सबै सरोकारवालहरुको एक भएर अघि बढ्न सके जिल्लामा खेलकुद गतिविधि गर्न सहज हुदै जाने देखिन्छ । निर्माणका लागि जनप्रतिनिधि स्थानिय ,खेलकुद गतिविधि सक्रिय सदस्य लागे मात्र जिल्लाको खेलकुद गतिविधि विकास र समृद्धिको बाटोमा जाने देखिन्छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo