ओमेन्सा राई, ताप्लेजुङ,
सिदिङवा गाउँपालिकाको आयोजनामा शनिबार सम्पन्न तेक्वान्दो बेल्ट ग्रेडिङ कार्यक्रममा २६ जना खेलाडीले विभिन्न स्तरको ग्रेडिङ दिएका छन्। तेक्वान्दो खेलको विकास र खेलाडीको क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ग्रेडिङ कार्यक्रममा सहभागी खेलाडीलाई बेल्ट र प्रमाणपत्र प्रदान गरिएको हो।
कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविन कुमार कार्की र कोशी प्रदेश संयोजक राजेन्द्र धिमालले ग्रेडिङ पास गरेका खेलाडीहरूलाई ब्लु र रेड बेल्ट प्रदान गरे। साथै, आईटीएफ ताप्लेजुङका उपाध्यक्ष गौरीमान लिम्बूले खेलाडीहरूलाई शुभकामना दिँदै प्रमाणपत्र वितरण गरेका थिए।
विभिन्न स्तरमा ग्रेडिङ
ग्रेडिङ प्रक्रियामा खेलाडीहरूले निम्न अनुसारको बेल्टका लागि परीक्षा दिएका थिए:
- रेड बेल्ट – ६ जना
- हाफ ब्ल्याक बेल्ट – २ जना
- ग्रिन बेल्ट – ११ जना
- हाफ ब्लु बेल्ट – ७ जना
कार्यक्रमले तेक्वान्दो खेलप्रति स्थानीय युवाहरूको चासो र सक्रियता झल्काउँछ। खेलाडीको सीप अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने बाटो खोल्ने विश्वास आयोजकको रहेको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
