किराती राज्य सत्ताभित्र पनि भूगोलको हिसाबले सत्ताको नामाकरण गरिनु आधुनिक राज्यसत्ताको थालनीको रुपमा पनि लिन सकिन्छ । उदाहरणको रुपमा वोल्लो किरात, माझ किरात र पल्लो किरात जस्ता भौगोलिक हिसाबले सम्बोधन गरिएका किराती राज्य सत्तालाई लिन सकिन्छ । किराती शासकहरुले बनेपादेखि पूर्व जनकपुर अञ्चललाई वोल्लो किरात, चोमोलुङ्मा(सगरमाथा) कोशी–अरुण पश्चिमलाई माझ किरात, अरुण नदि पूर्वको कोशी अञ्चल र मेची अञ्चललाई पल्लो किरात भनेर भौगोलिकरुपले किरात राज्यको संरचना निर्माण गरिएको थियो ।
वि.सं. २०१७ सालदेखि पञ्चायती व्यवस्था सुरु भइसकेपछि पनि सरकारी कागजात र लिखतहरुमा ‘लिखितत् वोल्लो किरात रपल्लो किरातरमाझ किरात भनेर किरात राज्य भूगोललाई भौगोलिकरुपमा सम्बोधन गरि अरु पेटबोली लेखिन्थ्यो । यसको अर्थ हो, नेपालको आधुनिक इतिहास सुरु भएपछि पनि नेपालको पूर्वी पहाडी भू–भागहरुलाई किरात नामबाट नै भौगोलिकरुपबाट सम्बोधन गरिन्थ्यो ।
नेपालको आधुनिक राजीतिक इतिहास सुरु भइसक्दा पनि ‘किरात’ शब्द प्रचलनमा आइरहनु वास्तवमै नेपालको प्रारम्भिक इतिहासको सम्मान थियो, जुन इतिहास माथि नै पनि भनियो, किरात समुदायबाट सुरु भएको हो । कालान्तरमा किरात समुदायमात्र भनइ बहुअर्थपुर्ण शब्द धारण गर्यो । अब किरात शब्दले समुदाय वा भूगोलमात्र होइन महाजाति, सभ्यता, संस्कृतिलाई बुझाउन थालेको छ । वर्तमान समयमा किरात भनेर चिनिने राई, लिम्बू,याक्खा, सुनुवार मात्र किरात नभएर थामी, जिरेल, कोचे, मेचे ,धिमाल, थारुलगायत नेपालको अधिकाशं ःयलनययिष्म वा नश्लहरु सबै नै किरात हुन् । यस अर्थमा किरात जाति मात्र होइन महाजातिको रुपमा बुझ्नुपर्ने हुन्छ । यसो भन्दैमा किरात महाजातिभित्र नपर्ने नश्ल किराती होइनन् भन्न खोजिएको होइन ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
